PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

श्रीलङ्कामा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १७७ पुग्यो



रासस

श्रीलङ्कामा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १७७ पुग्यो
फोटो श्रोतःusatoday.com

कोलम्बोः श्रीलङ्कामा मनसुन–पूर्वको भीषण वर्षापछिको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार अपरान्ह्सम्म १७७ पुगेको विपद व्यवस्थापन निकायले जनाएको छ। 

बाढीकाकारण १०९ जना वेपत्ता भएका छन् भने करिव पाँच लाख व्यक्ति विस्थापित भएका छन्। 

उद्धारका कार्यमा सरकारले करिव एक हजार आठसय सेना, एक हजार एकसय नौसेना तथा विभिन्न सङ्घसंस्थामा कार्यरत सयौं तालिमप्राप्त जनशक्तिको परिचालन गरिरहेको छ। बाढीले करिब दुई हजार घरमा पूर्ण क्षति पुर्याएको छ भने बाढीग्रस्त क्षेत्रका मानिसलाई खाद्यान्न लगायतका आधारभूत सामग्रीको आवश्यक देखिएको छ। 

सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ। 

श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्वीपका दक्षिणी र पश्चिमी क्षेत्रहरूका समथर क्षेत्रमा गत शुक्रबार आएको बाढीपहिरो १४ वर्ष यताकै ठूलो हो।
समथर भूभाग भएका तल्ला इलाका अझै पनि डुबानमा परेका छन्। 

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाहरूको खोजीलाई निरन्तरता दिएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell