PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

सहमतीय सरकार गठनमा देउवाको पहल, सर्वदलीय बैठक आह्वान



पहिलोपोस्ट

सहमतीय सरकार गठनमा देउवाको पहल, सर्वदलीय बैठक आह्वान

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीबाट सहमतीय सरकार गठनको आह्वान भएको पाँच दिनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनको परामर्श सुरु गरेका छन्। देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई लिखित पत्राचार गरी आफ्नो नेतृत्वमा सरकार गठनका लागि छलफलमा आह्वान गरेका हुन्। 

बैठक संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा अहिले जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ११ गते साँझ ७ दिनभित्र सहमतीय सरकार गठन आह्वान गरेकी थिइन।

प्रधानमन्त्रीले राजीनामाका क्रममा भद्र सहमति पालना गरेको र देउवाले गरेको पत्राचारमा आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनको छलफल भनेपछि प्रतिपक्ष दल एमालेले छलफलको औचित्य नभएको बताउँदै आएको छ।

प्रधानमन्त्रीले राजीनामा दिएसँगै सरकार गठनको पहल गर्न तीन मन्त्री सम्मिलित कार्यदल बनेको थियो। कार्यलमा मन्त्रीहरु विमलेन्द्र निधि, रमेश लेखक, कृष्णबहादुर महरा र माओवादी केन्द्रका नेता वर्षमान पुन छन्। 

सहमतीय सरकार गठनको प्रक्रिया अघि बढ्न नसके राष्ट्रपतिबाट संविधानको धारा २९८(३) अनुसार बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढाउन संसद्लाई पत्राचार गर्ने व्यवस्था छ। 

तस्विर : फाइल
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell