काठमाडौँ : भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले उम्मेद्वार विजयी भएका छन्। सम्पन्न गतगणना अनुसार मेयरमा एमालेका सोम मिश्र ८ हजार ५१२ र उपमेयरमा एमालेकै बिना बास्तोला ८ हजार ७३९ मतसहित विजयी भएका हुन्।
निर्वाचन अधिकृत रिन्जु डंगोलका अनुसार ९ वडामध्ये चारमा एमाले विजयी भएको छ। यस्तै, चारमै कांग्रेस र एक वडामा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ।
वैशाख ३१ मा सम्पन्न पहिलो चरणमो मतगणनाका क्रममा चाँगुनारायणमा चार दिन गणना स्थगित भएको थियो। विवादका कारण चारवटा वडामा पुनः मतगणना गरिएको थियो।
पहिलो चरणमा भएको २८३ स्थानमध्ये अव एक स्थानको मात्र मतपरिणाम आउन बाँकी छ । विवादका कारण मतगणना रोकिएको चितवनको भरतपुर महानगर बाहेक अन्य सवै स्थानको परिणाम आइसकेको छ।
२८२ स्थानको परिणाम अनुसार नेकपा एमाले १२५ स्थानमा जितसहित पहिलो, १०४ स्थानमा विजयी भएको कांग्रेस दोस्रो स्थानमा छ। यस्तै, ४६ स्थानमा जितेको माओवादी केन्द्र तेस्रो स्थानमा छ।