उर्लाबारी : मोरङको विराटनगर–५ दावाबन्दीस्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–२ बस्ने ३३ वर्षीय रामलाल मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए।
विराटनगर बरगाछीबाट पश्चिमतर्फ जाँदै गरेको को १६ प ९९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। रासस