PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

बार्सिलोनको नयाँ प्रशिक्षकमा एर्नेस्टो भलभर्ड नियुक्त



पहिलोपोस्ट

बार्सिलोनको नयाँ प्रशिक्षकमा एर्नेस्टो भलभर्ड नियुक्त

स्पानिस जायन्ट फुटबल क्लब बार्सिलोनाको प्रशिक्षकमा एर्नेस्टो भलभर्ड नियुक्त भएका छन्।

बार्सिलोनाका अध्यक्ष जोसेफ मारिअ बार्टोमेउले सोमबार एर्नेस्टो भलभर्डलाई दुई वर्षको लागि क्लबको प्रशिक्षक नियुक्त गरेका छन्। भलभर्डलाई एक वर्ष सम्झौता थप गर्ने 'अप्सन' समेत छ।

बार्टोमेउले भलभर्डको प्रशंसा गर्दै उनी दक्ष, सिपयुक्त, अनुभवी र निर्णय गर्न सक्ने रहेको बताए। यस्तै उनले बार्साको युवा खेलाडीलाई प्रोमोट गर्ने र बार्साको शैली खेल्ने समेत बार्टोमेउले जनाए।
 

उनले अब लुइस इनरिकेको स्थान लिनेछन्। ३ वर्ष बार्सिलोनाको प्रशिक्षक रहेका इनरिकेले यसै सिजनबाट बार्सिलोना छाडिसकेका छन्। शनिबारको कोपा डेल रे को फाइनलमा अलभेजलाई हराउँदै बार्सिलोनाले उपाधि जितेको थियो। यो नै इनरिकेको बार्सिलोनामा अन्तिम ट्रफी हो।

बार्सलिलोनाको नयाँ प्रशिक्षकको रुपमा एर्नेस्टो भलभर्डलाई शनिबार प्रस्तुत गरिनेछ।

बार्सिलोनामा नियुक्त हुनुअघि एर्नेस्टो भलभर्डले अर्को स्पानिस क्लब एथ्लेटिक विल्वाओको प्रशिक्षक थिए। त्यसबाहेक उनले स्पेनकै स्पानयोल, भियारियल रभ्यालेन्सियाकव प्रशिक्षण पनि सम्हालेका थिए।

खेलाडी जीवनमा छँदा उनले बार्सिलोनाका लागि सन् १९८८ देखि १९९० सम्म खेलेका थिए। यस्तै स्पानयोल, एथ्लेटिक विल्वाओ र मालोर्काका लागि पनि खेलेका थिए।

खेलाडी हुँदा उनले बार्सिलोनाका लागि कोपा डेल रे युइएफए कप विनरस कप जिताएका थिए।

यस्तै २०१५ मा एर्नेस्टो भलभर्डको प्रशिक्षणमा विल्वाओले फाइनलमा बार्सिलोनालाई हराउँदै स्पानिस सुपर कपको उपाधि जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell