PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

तनहुँको गोडारीमा माइक्रोबस दुर्घटना, १३ जना घाइते



पहिलोपोस्ट

तनहुँको गोडारीमा माइक्रोबस दुर्घटना, १३ जना घाइते

पोखराः पोखराबाट काठमाडौं गइरहेको माइक्रोबस आज विहान तनहुँमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

ग १ ख ४९५२ नम्बरको माइक्रोबस बिहान साँढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–२ माथिल्लो गोडारीमा दुर्घटना भएको हो। दुर्घटना घाइते भएका मध्ये चार जनाको अवस्था गम्भिर छ ।

घाइतेमध्ये केहीको दमौलीस्थित रत्नहरि अस्पताल र केहीको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।

माइक्रोबस अनियन्त्रित भई पल्टेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell