उदयपुरः दोस्रो चरणको निर्वाचनका लागि उदयपुरमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चार नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तहमा उम्मेदवार छनौट गरेका छन्।
एमालेले त्रियुगा नगरपालिकाको मेयरका लागि बलदेव चौधरी र उपमेयरमा सृजना दनुवारलाई उम्मेदवार बनाएको छ।
त्यस्तै कटारी नगरपालिकामा ज्ञानेन्द्र श्रेष्ठ मेयर र उपमेयरमा भीमकुमारी राउत, बेलका नगरपालिकाको मेयरमा दुर्गाकुमार थापा र उपमेयरमा राजकुमारी चौधरी तथा चौदण्डी नगरपालिकामा नरेन्द्रबहादुर राउत र कान्ता राईलाई मेयर र उपमेयरको उम्मेदवार बनाएको छ।
यस्तै, उदयपुरगढी गाउँपालिकामा एमालेले अध्यक्षमा मानबहादुर मगर र उपाध्यक्षमा सानु राउत, ताप्ली गाउँपालिकाको अध्यक्षमा उद्धवसिंह थापा र उपाध्यक्षमा कमला राई, रौतामाई गाउँपालिकाको अध्यक्षमा गजेन्द्र खड्का र उपाध्यक्षमा कुमारीज्यू ठकुरी, सुनकोसी गाउँपालिकाको अध्यक्षमा भलबहादुर राई र उपाध्यक्षमा लक्ष्मी कार्कीलाई उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेसले त्रियुगा नगरपालिकाको मेयरमा वसन्तकुमार बस्नेत र उपमेयरमा देवीकुमारी चौधरी, चौदण्डी नगरपालिकाको मेयरमा खगेन्द्र राई, बेलका नगरपालिकाको मेयरमा अशोक कार्की र उपमेयरमा दीपा राई, कटारी नगरपालिकाको मेयरमा ज्ञानेन्द्र मानसिंह राउत र उपमेयरमा सरस्वती ढुङ्गानालाई उम्मेदवार बनाएको छ।
यस्तै, सुनकोसी गाउँपालिकाको अध्यक्षमा पुष्पलाल राई, उपाध्यक्षमा रमिला राई, ताप्ली गाउँपालिकाको अध्यक्षमा डिकबहादुर ठकुरी र उपाध्यक्षमा धनमाया मगर, रौतामाई गाउँपालिकाको अध्यक्षमा भूपेन्द्र थापा र उपप्रमुखमा धनमाया थापामगर, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जीतबहादुर खड्का र उपाध्यक्षमा बिमा राईलाई उम्मेदवार बनाएको छ।
नेकपा माओवादी केन्द्रले कटारी नगरपालिकाको मेयरमा केपी बराल र उपमेयरमा मीना कोइराला, बेलका नगरपालिकाको मेयरमा रमण भट्टराई र उपमेयरमा गङ्गासरी राई, सुनकोसी गाउँपालिकाको अध्यक्षमा मेजर राई र उपाध्यक्षमा सुना राई, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा देव गिरी र उपाध्यक्षमा निर्मला मगर र ताप्ली गाउँपालिकाको अध्यक्षमा ढुङ्गराज विकलाई उम्मेदवार बनाएको छ।
बाँकी तीन तहको लागि दुई दिनभित्र उम्मेदवार टुङ्गो लगाइने माओवादीले जनाएको छ।रासस