PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

होसियार! जथाभाबी बाटो नकाट्नुस्, जरिवानामा पर्नुहोला 



पहिलोपोस्ट

होसियार! जथाभाबी बाटो नकाट्नुस्, जरिवानामा पर्नुहोला 

काठमाडौँ : आजदेखि उपत्यकाका सडकमा पैदल यात्रीले जथाभाबी बाटो काटे दुई सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। 

यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेठ १ गतेदेखि यस्तो व्यवस्था लागु गर्ने भने पनि पहिलो चरणको स्थानीय तहको निर्वाचनका कारण लागु हुन सकेको थिएन। निर्वाचन लगत्तै व्यवस्था कार्यान्वयनमा आएको हो।

दुर्घटनामा प्रत्येक वर्ष पैदल यात्रुको मृत्युदर बढेकाले यसलाई न्युनीकरण गर्न आजबाट लागु हुनेगरि नियम ल्याइएको महाशाखा प्रमुख डिआइजी मिङमार लामाले बताए। 

उनले भने, हामीले नियम कडाइका साथ लागु गरेका छौं।’ 

जथाभाबी बाटो काटेर साथमा पैसा नहुनेलाई तीन घण्टा नियन्त्रणमा लिएर जनचेतना कक्षा लिने लामाले बताए।

महाशाखाका अनुसार  अहिलेसम्म ९१७ जना कारवाहीमा परेका छन्। जसमध्ये जथाभाबी बाटो काट्ने ६५२ जनालाई जरिवाना गरिएको छ भने २६५ जना पक्राउ परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell