PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

पर्यटन क्षेत्रका पायोनियर बिके श्रेष्ठको निधन



पहिलोपोस्ट

पर्यटन क्षेत्रका पायोनियर बिके श्रेष्ठको निधन

काठमाडौं : पर्यटन क्षेत्रका 'पायोनियर' बिके श्रेष्ठको निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठको भैंसेपाटीस्थित निवासमा मंगलबार विहान ८ बजे निधन भएको हो।


होटल र्‍याडिसनका प्रबन्ध निर्देशक रहेका बिके श्रेष्ठले पोखराको ग्राण्ड र चितवन प्याराडाइज होटलसमेत चलाइरहेका थिए। श्रेष्ठ होटल एसोसिएसन नेपाल (हान) का पूर्वअध्यक्षसमेत थिए।

सोल्टी र अन्नपूर्णजस्ता पाँच तारे होटलहरु सञ्चालनमा रहेका बेला उनले र्‍याडिसन होटल सञ्चालनमा ल्याएक थिए। र्‍याडिसनको सर्वसाधारणमा समेत सेयर छ।

 

नेपाल उद्योग वाणिज्य महासंघमा समेत सक्रिय श्रेष्ठका श्रीमती र तीन छोरी छन्। उनी बीमा क्षेत्रमा समेत सक्रिय थिए। पछिल्लो समय अलाइन्स इस्योरेन्सको सेयर प्रभु समूहलाई बिक्री गरेका थिए, जुन अहिले प्रभु इन्स्योरेन्स बनेको छ।

 

प्युखामा भएको ठूलो आगलागीमा उनका पहिलो श्रीमती र छोराछोरीको जलेर मृत्यु भएको थियो। त्यसपछि उनले दोस्रो विवाह गरेका थिए।

 

श्रेष्ठले हिमालयन टुर एण्ड ट्राभल्सका स्थापना गरि उनले पर्यटन क्षेत्रमा हात हालेका थिए। केही महिनामै हिमालय टुर्सले ५० वर्ष पार गर्दैछ। श्रेष्ठ नेपाल जर्मन चेम्बर अफ कमर्सका पूर्व अध्यक्षसमेत थिए। नेपाल जर्मन चेम्बरमा रहँदा वर्षेनी जमर्नीमा पर्यटन प्रवर्धनका लागि उनी पुग्ने गरेको हानका पूर्व अध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले जानकारी दिए।

श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केही बेर र्‍याडिसन होटलमा राखिनेछ भने दिउँसो साढे १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell