PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा उम्मेदवार छनौटमा कांग्रेस नै अलमलमा



रासस

सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा उम्मेदवार छनौटमा कांग्रेस नै अलमलमा

डडेल्धुराः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले  अझै उम्मेदवार टुङ्गो लगाउन सकेको छैन।

 आकांक्षी धेरै हुँदा कांग्रेसलाई उम्मेदवार छनौटमा समस्या भएको हो। 

कांग्रेसभित्र पञ्चायतकालदेखिका नेता कार्यकर्ता उम्मेदवारका आकांक्षी देखिएका छन्।

६ दशक पुराना नेता र नयाँ पुस्ताका नेता कार्यकर्ताबीच उम्मेदवारीमा तालमेल नमिल्दा उम्मेदवार छनौट अन्यौलमा परेको नेताहरुले बताएका छन्।
कांग्रेसले अहिलेसम्म पर्शुराम नगरपालिकाको मेयर र उपमेयरको मात्र टुङ्गो लगाएको छ।

५२ वडा रहेको डडेल्धुरामा प्रमुख/उपप्रमुख, गाउँपालिका प्रमुख/उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी सबै स्थानमा उम्मेदवारी दिने राजनीतिकदलले दुईसय ७४ जना उम्मेदवार छान्नुपर्ने छ। 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दुईवटै नगरपालिका र पाँचवटा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार छनौट गरिसकेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell