काठमाडौः नेपाली सेनाको जहाज बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना भएको छ।
काठमाडौंबाट सामान लिएर गएको कल साइन एन ए ०४८ को जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको बाजुराका प्रहरी प्रमुख जगदीश भट्टले जानकारी दिए।
भट्टले सिमीकोटमा अवतरण गर्ने भनिएपनि मौसम खराबी भएका कारण कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएको बताए।
विमानमा चालक दलका सदस्य मात्र भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनास्थलमा नेपाली सेना र प्रहरी उद्धारको लागि पुगिसकेका छन्।