PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

सन्ध्यालाई भगाउन कसरत गर्दै अनुपविक्रम, ट्रेलरमा यस्तो आयो ‘कमलेको बिहे’



पहिलोपोस्ट

सन्ध्यालाई भगाउन कसरत गर्दै अनुपविक्रम, ट्रेलरमा यस्तो आयो ‘कमलेको बिहे’

काठमाडौं : विशुद्ध नेपाली समाजको परिवेशलाई चित्रण गरिएको कमेडी जनराको फिल्म ’कमलेको बिहे’को ट्रेलर रिलिज भएको छ।

फिल्ममा अभिनेता अनुपविक्रम शाही फरक भूमिकामा देखिएका छन्। ट्रेलरमा अनुपविक्रम शाहिले निभाएको भुमिकालाई धेरैले वाहि वाहि’ दिएका छन्।

खलपात्रको भुमिकामा फिट भईसकेका अनुपले निभाएको हालसम्मकै फरक अभिनयलाई दर्शकले तारिफ गरेका छन्। उनले शास्त्री (पण्डित)को रुपमा निर्वाह गरेको भुमिकासँगै चमेली बनेकी अभिनेत्री सन्ध्या केसीको लुक्स र अभिनयले पनि तारिफ पाइरहेको छ।

सोमबार साँझ युट्युवमा रिलिज गरिएको फिल्मको ट्रेलरले नेपाली युट्युव ट्रेण्डिङमा पहिलो तीस भित्र स्थान सुरक्षित गरिसक्दा ५० हजार भन्दा बढिले हेरिसकेका छन्।

महेश दवाडीको कथा, पटकथा तथा संवाद समावेश ‘कमलेको बिहे’मा अनुप र सन्ध्यासँगै विनोद न्यौपाने, इशान ढकाल, विशाल पहाडी, रेशु तामाङ, कुलदिप अधिकारी र किरण लाकौल लिड अभिनयमा छन्।

सरिता मुभिज क्रियशनको व्यानरमा बनेको फिल्मलाई प्रसन्न पौड्यालले निर्देशन गरेका छन् भने कार्यकारी निर्मातामा दिपक विष्ट ‘गौली’ रहँदा लगानीमा साझेदारी प्रतिक तामाङ, सुनिल विष्टले गरेका छन्। फिल्मलाई विदुर पाण्डेले खिचेका हुन्।

निर्देशन पौड्याल नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा नै फिल्मको सार रहेको बताउँछन् ।

फिल्ममा समावेश गीतमा राजनराज शिवाकोटी, माण्डवी त्रिपाठी, युवराज चौलागाईं, समिर आचार्य र अरुणदेव यादवको स्वर छ भने गीतमा शिवाकोटीसँगै, शिखर सन्तोष र वावुल गिरीको संगीत रहेको छ।

यस्तै । तारा थापा ‘किम्भे’ फिल्मका सम्पादन गरेको फिल्ममा सम्राट वस्नेतको द्वन्द्व निर्देशन तथा दिपकमान सिंहको नृत्य निर्देशन गरेका छन्।

दिनेश प्रकाश महरा प्रोडक्सन डिजाईनर रहेको फिल्ममा प्रोडक्सन व्यवस्थापनको काम प्रकाश हमालले गरेका छन्।

निर्माण टिम साउन महिनामा रिलिजको तयारीमा जुटेपनि फिल्मको आधिकारिक रिलिज मिति तय भईसकेको छैन।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell