PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

कोल्टी जहाज दुर्घटनाः पाइलट कैलाश गुरुङको निधन

कोल्टी जहाज दुर्घटनाः पाइलट कैलाश गुरुङको निधन

रासस/पहिलोपोस्ट


भीमदत्तनगरः बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको कार्गो जहाज  दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ। 

अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ जहाज कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा दुर्घटना भएको थियो। दुर्घटनामा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले जानकारी दिए। 

सुर्खेतबाट खाद्यान्न लिई हुम्ला, सिमीकोटका लागि उडेको जहाज अवतरण हुन नसकेपछि कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा दुर्घटनामा परेको हो। दुर्घटनापछि जहाजमा लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए। 

गम्भीर घाइते खड्का र आलेलाई उपचारका लागि सीता एयरको जहाजबाट नेपालगन्ज लगिएको छ। घाइतेसँगै पाइलट गुरुङको शवसमेत नेपालगन्ज लगिएको छ।

फोटो : पुष्पराज आचार्यको फेसबुकबाट
फोटो : भरत जोशी/रासस
फोटो : भरत जोशी/रासस
भरत जोशी/रासस
भरत जोशी/रासस


ट्रेन्डिङ पोस्ट

Ncell