PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

भरतपुरबाट छानविन टोली काठमाडौं फर्कियो, आयोगलाई भोलि प्रतिवेदन बुझाउने



पहिलोपोस्ट

भरतपुरबाट छानविन टोली काठमाडौं फर्कियो, आयोगलाई भोलि प्रतिवेदन बुझाउने

चितवनः चितवनको भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न गठित टोलीले आज सरोकारवालासँग छलफल गरेको छ।

निर्वाचन आयोगले गठन गरेको छानविन टोलीले राजनीतिक दल, सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारीलगायतसँग छलफल गरेको हो । 

काम सकेर टोली आजै काठमाडौं फर्किएको छ। टोलीका संयोजक गीताप्रसाद तिमल्सिनाले भोलि आयोगमा प्रतिवेदन बुझाउने जानकारी दिए। 
टोलीले प्रतिवेदन बुझाएपछि निर्वाचन आयोगले मतपत्र च्यातिएकोबारेमा निर्णय लिनेछ।

भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना स्थगित गरिएको छ।

मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीका दुई प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ। मतपत्र माओवादीका प्रतिनिधिले च्यातेको एमालेको आरोप छ भने माओवादीले एमालेका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि रोक्ने क्रममा मतपत्र च्यातिएको बताएको छ।

माओवादी र कांग्रेसले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्नुपर्ने माग गरेका छन् भने एमालेले च्यातिएको मतपत्र बदर गरी बाँकी मतपत्र गणना गर्नुपर्ने माग गरेको छ ।

मतपत्र च्यातिकोबारेमा छानविन गर्न आयोगले सहन्यायधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell