PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

बाढीका कारण ब्राजिलमा सातको मृत्यु, ४८ हजार विस्थापित



रासस

बाढीका कारण ब्राजिलमा सातको मृत्यु, ४८ हजार विस्थापित
फोटो श्रोतःbbc.co.uk

रियो डि जानेरियोः उत्तरी ब्राजिलमा आएको भीषण बाढीमा परी सात जनाको मृत्यु भएको छ भने ४८ हजार विस्थापित भएका छन्। 

बाढीबाट पेर्नाम्बु प्रदेश बढी प्रभावित भएको छ । त्यहाँ दुई जनाको मृत्यु हुनुको साथै ४४ हजार भन्दा बढी विस्थापित भएका अधिकारीहरुले जानकारी दिएका छन्। 

त्यसैगरी, दुई हजार ६०० घरमा क्षति पुगेको र १५ वटा सहरलाई  संकटको घोषणा गरिएको छ । 

यसैबीच, अलागोएज प्रदेशमा बाढी पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ। 

पेर्नाम्बुको र अलागोएज प्रदेशमा केहीदिनदेखि बर्षा भईरहेको छ। त्यस बाहेक पारैबा प्रदेशसहित केही प्रदेशहरुमा पनि बाढी पहिरो आइरहेको जनाइएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell