PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

फिलिपिन्स सरकारद्वारा आइएस लडाकुलाई आत्मसमर्पण गर्न आह्वान



रासस

फिलिपिन्स सरकारद्वारा आइएस लडाकुलाई आत्मसमर्पण गर्न आह्वान

मरावीः फिलिपिन्सको दक्षिणी सहरको केही भाग कब्जा गरेका इस्लामिस्क स्टेटको समूहलाई फिलिपिन्सका अधिकारीले आत्मसमर्पण गर्न आह्वान गरेका छन्। 

सो सहरमा इस्लामिक स्टेट र सरकारी सुरक्षाबलबीच जारी भिडन्तका कारण फसेका सर्वसधारणको उद्दारका लागि सरकारले आत्मसमर्पण गर्न आइएस लडाकुालाई आह्वान गरेको हो।

सैनिक प्रवक्ता विग्रडिएर–जनरल रेस्टिटुटो पाडिल्लाले डिजेडबीबीले  उनीहरुलाई आत्मसमर्पणको मौका दिएको बताए।

त्यसैगरी, गत हप्तादेखि सुरु भएको भिडन्तका कारण मरावीका दुई वटा जेलबाट एक सय भन्दा बढी कैदी भागेका छन्।

फिलिपिन्सको दक्षिणी सहरमा सरकारी सुरक्षा बल र इस्लामिक स्टेट्स (आइएस) समूहबीच भएको भीषण भिडन्तका कारण दुई हजारभन्दा बढी सर्वसाधारण फसेका बताइएको छ।

दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामी सशस्त्र समूहले गत हप्तादेखि सरकारविरुद्ध भीषण युद्ध सुरु गरेपछि राष्ट्रपति रोड्गिो डुटेर्टेले मिन्दानाओ क्षेत्र र मरावी नगरमा सङ्कटकालको घोषणा गरेका थिए। 

यसलगत्तै उहाँले त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेको घोषणा गर्नुभए तापनि आइएस आतङ्ककारीले जारी राखेको द्वन्द्वमा परी एक सय भन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको छ । 

जारी भिडन्तका कारण सुरक्षाकर्मी, विद्रोही र सर्वसाधारण गरी एक सय भन्दा बढीले ज्यान गुमाएका छन् भने १४ जना सर्वसाधारण अपहरणमा परेका बताइएको छ। 

राष्ट्रपति रोड्गिो डुटेर्टे, केही मन्त्रीसहित रसियाको औपचारिक भ्रमणमा गएको मौका पारी अतिवादी इस्लामिक सशस्त्र समूहले अकस्मात आक्रमण गरी मरावी नगरमा कब्जा जमाएका थिए। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell