PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

ओलीले सोधे : कतिवटा विवाह गर्‍यो भने सम्मान पाइन्छ प्रधानमन्त्रीज्यू?



पहिलोपोस्ट

 ओलीले सोधे : कतिवटा विवाह गर्‍यो भने सम्मान पाइन्छ प्रधानमन्त्रीज्यू?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललाई 'प्रबल जनसेवा श्री' पदक दिने निर्णयको कडा आलोचना गरेका छन्। 

काठमाडौं महानगरमा जित हात पारेपछिको विजय सभामा ओलीले सोधे – 'प्रधानमन्त्रीज्यू कतिवटा विवाह गर्‍यो भने सम्मान पाइन्छ?'
ओलीले 'डाडु पन्यू आफ्नो हातमा भएको बेला प्रधानमन्त्री पुत्रलाई समाजसेवीको रुपमा प्रसिद्ध जनसेवा श्री पदक दिइएको बताए। 

'यो देशमा सम्मान गर्ने कांग्रेस र माओवादी बाहेक कोही छैन?', ओलीले भने, 'सम्मानमा शरम व्यक्त गर्नुपर्ने। आफ्ना गुरिल्लालाई सम्मान। प्रधानमन्त्रीज्यू कतिवटा विवाह गर्‍यो भने सम्मान पाइन्छ?'

उनले प्रधानमन्त्रीलाई लोकलाज राख्न सल्लाह समेत दिए। 'सार्वजनिक पदमा बसेपछि मर्यादा राख्नुस्। छोरालाई पुल्पुल्याउनुस् तर यो त राज्यको ढुकटी र राज्यको तक्मा पदकको अपमान हो,' उनले भने। 

उनले पदक वितवरणलाई एमालेले अपमानको व्यवस्था भन्दै अस्वीकार गर्ने बताए। 'म सोध्न चाहान्छु प्रधानमन्त्रीज्यू के तपाईँको छोरा साँच्चै महान समाजसेवी हुन्? जसले देशका लागि के गरे?'

गणतन्त्र दिवसको अवसरमा सरकारले प्रकाश दाहाललाई प्रवल जनसेवा श्री मानपदवी दिने निर्णय गरेको थियो। तर प्रकाश दाहालले भने पदक नलिने घोषणा गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell