PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

त्रिभुवन विमानस्थलबाट सुन तस्करीमा संलग्न दुई जना पक्राउ



रासस

त्रिभुवन विमानस्थलबाट सुन तस्करीमा संलग्न दुई जना पक्राउ

काठमाडौंः साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

कपिलवस्तु शिवपुरका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सञ्चालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित पक्राउ गरेको हो। 

साउदीबाट थारुसँगै नेपाल आएका उनका साथीहरुसँग भन्सार जाँचपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङस्थलमा बसी सुन सङ्कलन गरिरहेका अवस्थामा दुवैलाई सुनसहित पक्राउ गरिएको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell