PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मुस्लिम समुदायद्वारा निर्वाचनको मिति पुनर्विचार गर्न सरकारसँग माग



पहिलोपोस्ट

मुस्लिम समुदायद्वारा निर्वाचनको मिति पुनर्विचार गर्न सरकारसँग माग

काठमाडौंः मुस्लिम समुदायले असार ९ गतेको निर्वाचन सार्न सरकारसँग माग गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै मुस्लिम प्रतिनिधिले असार ९ गते मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनर्विचार गर्न माग गरेका हुन्।

मुस्लिम समुदायको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले निर्वाचन आयोग र अन्य दलसँग छलफल गरी माग सम्वोधन गर्ने आश्वासन दिएका छन्।

प्रधानमन्त्रीले भने, ‘आज तपाईहरुलाई मैले नै यहाँ बोलाएको हुँ। हिजो मात्रै हामीले क्याबिनेटबाट चुनावको मिति सार्ने निर्णय गरेका थियौं। तर, असार ९ गते रमझान चाड पर्छ भन्ने कसैलाई पनि हेक्का रहेनछ। सरकार तपाईहरुको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर तपाईहरुको माग सम्बोधन गर्छाैं।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell