PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

प्रधानमन्त्रीलाई ओलीको व्यङ्ग्यः ज्योतिषीलाई हेराएर निर्वाचनको मिति!



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई ओलीको व्यङ्ग्यः ज्योतिषीलाई हेराएर निर्वाचनको मिति!

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको निर्वाचको मिति १० दिन पर सार्दा सरकारले आफूहरुसँग कुनै सहमति नलिएको बताएका छन्।

मंगलबार काठमाडौंमा एमालेको विजयी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले मौन बस्यो भन्दैमा सहमति दिएको भनेर नबुझ्न आग्रह गरे। उनले 'म कराएर भन्छु' भन्दै थपे, ‘एमालेले ९ गतेको निर्वाचन मितिमा कुनै सहमति गरेको छैन।’

अध्यक्ष ‌ओलीले  प्रधानमन्त्री पुष्पकमल दाहालले ज्योतिष हेराएर असार ९ गतेको निर्वाचन मिति तय गरेको आरोप लगाए। ‘कुन चाहिँ ज्योतिषीले उहाँलाई ९ गते निर्वाचन गराए माओवादीलाई फलिफाप छ भन्देछ। उहाँले त्यसै गर्नुभयो,’ ओलीले ठट्यौली पारामा भने। 

ओलीले बालुवाटारमा बसेर सरकारले नै मतपत्र च्यात्ने योजना बनाएको आरोपसमेत लगाए। उनले भने, ‘दुई चार जना आफ्ना आपराधिक गतिविधि गर्ने गुन्डा लगाएर मतपत्र च्यातिएको हो।’

निकै आक्रोशित रुपमा प्रस्तुत भएका ओलीले दुई चारवटा मतपत्र च्यातिँदैमा पुनः मतदान गर्न नमिल्ने समेत बताए।

निर्वाचनको समय तालमेल गरेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई लक्षित गर्दै ओलीले सहकार्य गरे पनि एमालेको कम्मरसम्म पनि नआइपुग्ने बताए।

उनले भने, ‘दुई पार्टी मिले पनि एमालेको कम्मरसम्म आउँदैन। त्यहाँ भन्दा उनीहरुको हैसियत छैन।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell