PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

खागिसो रबाडा नम्वर वान बलर



पहिलोपोस्ट

खागिसो रबाडा नम्वर वान बलर

दक्षिण अफ्रिका अहिले वान डे क्रिकेटमा नम्वर वान टोली हो। उसका कप्तान ए बी डे भिलियर्स वान डे का नम्वर वान ब्याट्सम्यान। अब नम्वर वान बलर पनि दक्षिण अफ्रिकाकै बनेका छन्।

दक्षिण अफ्रिकाका खागिसो रबाडा आइसीसीले जारी गरेको नयाँ वरीयतामा बलरको शीर्ष स्थानमा उक्लेका हुन्।

सोमबार इंगल्याण्ड विरुद्धको थर्ड वान डे मा ४ विकेट लिएसँगै रबाडा ४ स्थान माथि उक्लदै शीर्ष स्थानमा पुगेका हुन्।

यससँगै २२ वर्षे रबाडा सन् १९९८ यता सबैभन्दा कम उमेरमै वान डे बलरको शीर्ष वरीयतामा पुग्ने खेलाडी बनेक छन्।

१९९८ को जनवरी ११ मा पाकिस्तानका सकलाइन मुस्ताक २१ वर्ष १३ दिनका हुँदा वान ८ को नम्वर वान बलर बनेका थिए।

यसअघि रबाडा पाँचौ स्थानमा थिए। पहिलो पटक नम्वर वान बलर हुने क्रममा उनले आफ्नै देशका इमरान ताहिर, न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट, अष्ट्रेलियाका मिचेल स्टार्कलाई पछि पारेका हुन्।

रबाडा ताहिर र स्टार्कको बीचमा २३ अंकको मात्र अन्तर छ। रबाडा ७२४ अंकका साथ शीर्षमा रहदा ताहिर ७२२ अंकाका साथ दोस्रो तथा स्टार्क ७०१ का साथ तेस्रोमा छन्।

एक स्थान तल झरेको सुनिल नारिन चौथो स्थानमा छन्।

यस्तै ब्याट्सम्यानतर्फ तीन शिर्ष खेलाडी डे भिलियर्स डेविड वार्नर र विराट कोहलीबीद्व २२ अंकको मात्र अन्तर छ। डे भिलियर्स ८७४ अंकका साथ शीर्ष स्थानमा यथावत छन् भने वार्नर ८७१ तथा कोहली ८५२ अंकका साथ क्रमश: दोस्रो र तेस्रोमा छन्।

यस्तै दुई स्थान माथि उक्लदै दक्षिण अफ्रिकाका क्वन्टन डे कक चौथो स्थानमा उक्लेका छन्।

वान डे को अलराउण्डरतर्फ भने बंगालदेशी शकिब अल हशन शीर्ष स्थानमा यथावत छन् भने पाकिस्तानका मोहम्मद हाफिज दोस्रो तथा अफगानिस्तानका मोहम्मद नावी तेस्रो स्थानमा कायम छन्।

वान डे टिमको वरीयतामा दक्षिण अफ्रिका शीर्ष स्थानमा यथावत रहदा अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, नयूजिल्याण्ड चौथो, इंगल्याण्ड पाँचौ तथा बंगलादेश छैटौँ स्थानमा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell