PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

मत माग्दा गरेका बाचा पूरा गर्ने काठमाडौंका मेयरको प्रतिवद्धता



पहिलोपोस्ट

मत माग्दा गरेका बाचा पूरा गर्ने काठमाडौंका मेयरको प्रतिवद्धता

काठमाडौः काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले जनताको शिर नझुकाउने गरि आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन्।

मंगलवार राजधानीमा भएको विजयी सभालाई सम्वोधन गर्दै शाक्यले आफूले चुनाव अघि प्रतिवद्धता गरेका कामहरु समयमा नै पुरा गर्ने बताए।

उनले भने  ‘चुनावमा भोट माग्न जादा जनतासामु जे जे प्रतिवद्धता र अपिल गरेको थिएँ ति पुरा गर्छु।’ मेयरमा निर्वाचित भएरसँगै आफूमा  जिम्मेवारी थपिएको बताए। 

शाक्यले महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिंदा आफ्नो घोषणापत्रमा तीन वर्षमा मोनोरेलदेखि सुन्दर महानगर बनाउने तय गरेका थिए।  

चुनावमा भोट दिएर जनताले आफूलाई ऋण बोकाएकाले आफूले व्याजसहित फिर्ता गर्नेसमेत उनले बताए। उनले भने ‘हेर्ने मात्र होइन बस्नेसमेत महानगर बनाएर जनताको सावा तिर्छु।’

नवनिर्वाचित मेयरलगायत नवनिर्वाचित पदाधिकारीले बुधवार सपथग्रहण गर्दैछन् । 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell