PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

इराकको बग्दादमा आत्मघाती हमला, कम्तीमा १६ को मृत्यु



रासस

इराकको बग्दादमा आत्मघाती हमला, कम्तीमा १६ को मृत्यु
फोटो श्रोतःtimesofisrael.com

बग्दादः इराकको बग्दादस्थित एउटा चर्चित आइसक्रिम पसलमा आत्मघाती बम हमला हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। 

बग्दादको मध्य भागमा पर्ने कार्रादा जिल्लामा राति भएको हमलामा अरु ७५ जना घाइते भएका छन्। विस्फोटमा परी अधिकांश मुस्लिम महिला र बालबालिका घाइते भएका छन्। 

मुस्लिम समुदायको महान पर्व रमजानको उपवाससहितको ब्रत सुरु भएलगत्तै आक्रमणकारीले आक्रमण गरेका हुन्। हमलाको इस्लामिक स्टेट (आईएस) लडाकू समूहले जिम्मेवारी लिएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell