PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सरकार मिति फेर्ने सुरमा, निर्वाचन आयोग भने पुरानै कार्यतालिकामा



रमेश वाग्ले

सरकार मिति फेर्ने सुरमा, निर्वाचन आयोग भने पुरानै कार्यतालिकामा

काठमाडौं : सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सार्ने निर्णय गरिसकेको भए पनि निर्वाचन आयोग भने पुरानै कार्यसूची अनुसार अघि बढिरहेको छ। सोमबार मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति सार्ने निर्णय गरेको भए पनि मंगलबार ५ बजेसम्म निर्वाचन आयोगका कर्मचारी भने पूर्व निर्धारित कार्यतालिका अनुसार जेठ १९ गते हुने भनिएको उम्मेदवार दर्ताको प्रकृयामा नै जुटिरहेका थिए।

'हामी आगामी १९ गते मनोनयन हुने आयोगको पूर्वनिर्धारित कार्यतालिका अनुसार काम गरिरहेका छौं,' निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, 'सरकारले मिति सारेको औपचारिक पत्र आयोगमा पठाएको छैन।' उनले आयोगले सरकारको निर्णय बारे औपचारिक जानकारी प्राप्त नगर्दासम्म घोषित कार्यतालिका अनुसार नै काम गर्ने बताए। 

मन्त्रिपरिषदको यति धेरै चर्चा पाएको निर्णय आयोगलाई कसरी थाहा हुन सकेन त? प्रवक्ता शर्मा भन्छन्, 'आयोगले पत्रपत्रिका पढेर कार्यतालिका संशोधन गर्ने कुरा हुँदैन, अहिलेसम्म निर्वाचन सारेको त्यस्तो कुनै पत्र आयोगलाई प्राप्त भएको छैन।'

सरकारले दोस्रो चरणको निर्वाचन आगामी असार ९ गतेलाई तोकेको छ। तर, त्यही दिन इस्लाम धर्मावलम्बीहरुको पवित्र ब्रत रमजान समापनको दिन परेकाले फेरि निर्वाचन सार्ने छलफल सुरु भएको छ। मुस्लिम समुदायले पनि निर्वाचन सार्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

'रमजान समापनको दिन ९ गते नै परेकाले निर्वाचनको मिति १३ गतेलाई तोक्ने कि भनेर छलफल भइरहेको छ। तर त्यस्तो निर्णय भइसकेको छैन,' सरकारका एक मन्त्रीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell