PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

ललित स्मृति यू-१८ च्याम्पियनसिप : हिमालयन शेर्पा र पुलिस विजयी



पहिलोपोस्ट

ललित स्मृति यू-१८ च्याम्पियनसिप : हिमालयन शेर्पा र पुलिस विजयी
फोटो : एन्फा

काठमाडौं : हिमालयन शेर्पा र नेपाल पुलिसले ललित स्मृती यू-१८ च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्।

मंगलबार भएको समूह सी को खेलमा हिमालयन शेर्पाले जावालाखेल युथ क्लबलाई ४-३ ले पराजित गर्‍यो।

यस्तै समूह डी मा पुलिसले ब्रिगेड ब्वाइजलाई १-० ले हरायो।

अभिनास तामाङले ह्याट्रिक गरेपछि हिमालयन शेर्पाले जावालाखेलमाथि रोमाञ्चक जित हिसल गरेको हो। इन्जुरी टाइममको दोस्रो मिनेटमा अभिनासले निर्याणक गोल गर्दै शेर्पालाई ३ अंक दिलाए भने आफ्नो ह्याट्रिक पूरा गरे। त्यसअघि उनले १०औं र २५औं मिनेटमा गोल गरेका थिए। शेर्पाका लागि अर्को गोल राहुल गुरुङले गरे।

जावालाखेलका लागि अरुज सिंहले २ तथा रविन कुमार तामाङले १ गोल गरे।

यता रेजिन सुब्बलाले गरेको निर्णायक गोलको मद्दतमा पुलिसले ब्रिगेड ब्वाइज विरुद्ध जित हिसल गर्दै ३ अंक जोडेको हो। सुब्बाले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका हुन्।

च्याम्पियनसिपअन्तर्गत बुधबार झापा फुटबल क्लब सरस्वती युथ क्लब तथा त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell