PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

जलेश्वर कारागारको सुरक्षामा सेना खटाइयो



पहिलोपोस्ट

गौशाला: महोत्तरी र धनुषाको संयुक्त जेल रहेको जलेश्वर कारागारमा मङ्गलबारदेखि नेपाली सेना खटाइएको छ।

स्थानीय तहको निर्वाचनका बेला कारागारमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षास्वरुप जलेश्वर कारागारमा नेपाली सेना खटाइएको जेलर शोभेन्द्र ठाकुरले बताए।

जलेश्वरको परिकौलीस्थित नेपाली सेनाको फस्ट राइफल गणबाट उपसेनानी कृष्णहरि खड्काको नेतृत्वमा ३३ जना नेपाली सैनिकले मङ्गलबारदेखि जलेश्वर कारागारको सुरक्षा जिम्मेवारी सम्हालेको ठाकुरले बताए।

यसअघि जलेश्वर कारागारमा निर्वाचन अवधिभरका लागि नेपाली सेनालाई सो जिम्मेवारी दिइने गरेको जेलर ठाकुरले बताए।

कारागार सुरक्षाका लागि नेपाली सेनाले जिम्मेवारी सम्हाले पनि प्रशासनिक कामकाजका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक सोनु सिंहको नेतृत्वमा सातजना प्रहरीले जलेश्वर कारागारमा सुरक्षा दिँदै आएका छन्। जलेश्वर कारागारमा अहिले ३९ महिला, चार आश्रितसहित ३९७ कैदीबन्दी रहेका छन्। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell