PahiloPost

Mar 27, 2026 | १३ चैत्र २०८२

भ्रष्टाचार प्रकरणमा स्पेनी प्रधानमन्त्री अदालतमा उपस्थित हुने



पहिलोपोस्ट

भ्रष्टाचार प्रकरणमा स्पेनी प्रधानमन्त्री अदालतमा उपस्थित हुने

म्याड्रिड: स्पेनी प्रधानमन्त्री म्यारियानो रजोइमाथि भ्रष्टाचार प्रकरणमा परेको मुद्दामाथि साक्षीका रुपमा बयान दिन अदालतसामु आगामी जुलाई २६ मा उपस्थित हुने भएका छन्।

मङ्गलबार स्पेनी एक अदालतले रजोइलाई अदालतमा उपस्थित भई साक्षीका रुपमा मुद्दाबारे सोधिएका प्रश्नमा साक्षीका रुपमा जवाफ दिन आदेश गरेको हो।

स्पेनी कानुनअनुसार प्रधानमन्त्रीलाई अदालतले बोलाएका बेला उपस्थित भई एक सर्वसाधारण नागरिक वा प्रत्यक्षदर्शीका रुपमा बयान दिनुपर्ने व्यवस्था छ।

स्पेनको उच्च अदालतले रजोइ र उनको दलद्वारा अदालतमा सुरक्षाको विषयलाई मध्यनजर गर्दै भिडियो सम्मेलनमार्फत् बयान दिने प्रस्तावलाई अस्वीकार गरेपछि उहाँहरुलाई बयान दिन बोलाइएको दिन अदालतमा हाजिर हुने बताएका छन्।

अदालतले अन्य ठाउँको तुलनामा अदालत सुरक्षाका दृष्टिले मजबुत रहने बताउँदै उहाँलाई बोलाएपछि प्रधानमन्त्रीले आगामी जुलाई २६ मा अदालत उपस्थित भई बयान दिनेछन्।

सन् १९९९ देखि २००५ मा स्पेनका विभिन्न क्षेत्रका एक व्यवसायिक सञ्जाल गर्टेललाई प्रभावमा परी रजोइको दल पिपुल्स पार्टीले सघाएको आरोप छ। त्यतिबेला प्रधानमन्त्री रजोइ पिपुल्स पार्टीको महासचिव र लुइस बासिनास कोषाध्यक्ष थिए। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell