PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

संसदमा आजदेखि बजेट छलफल



पहिलोपोस्ट

संसदमा आजदेखि बजेट छलफल

काठमाडौँ : आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक बजेटमा आजदेखि संसदमा छलफल हुँदैछ। सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले पेस गरेको वार्षिक बजेट र करको दर निर्धारण सम्वन्धी विधेयकमा आजदेखि छलफल हुँदैछ।

संसद् सचिवालयले बजेट छलफलको प्रस्तावित कार्यसूची प्रकाशन गरिसकेको छ। तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भरतपुरमा मतगणनाका क्रममा मतपत्र च्यातिएको प्रकरणलाई लिएर सदनमा कडा रुपमा प्रस्तुत हुने बताउँदै आएको छ। एमालेले मतगणना सुचारु गर्न माग गर्दै आएको छ।

संसद्मा बजेट छलफलसँगै प्रधानमन्त्री चयनको कार्यतालिका पनि अघि बढ्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell