PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

झापाका सात स्थानीय तहमा काँग्रेसका उम्मेदवार तय



पहिलोपोस्ट

झापाका सात स्थानीय तहमा काँग्रेसका उम्मेदवार तय

काँकडभिट्टा : झापामा नेपाली काँग्रेसले सात तहमा प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ।

झापाका १५ तहमध्ये नेपाली काँग्रेसले सात तहमा मात्र प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको हो। गौरादह गाउँपालिकामा रोहित साह, खजुरगाछी गाउँपालिकामा फूलमती राजवंशी, भद्रपुर नगरपालिकामा गणेश पोखरेल, विर्तामोड नगरपालिकामा जलकुमार गुरुङ, दमकमा ढुण्डिराज भण्डारी, कमल गाउँपालिकामा हुकुमसिंह राई र अर्जुनधारा नगरपालिकामा हेमराज खरेललाई प्रमुख पदमा चयन गरेको नेपाली काँग्रेसले जनाएको छ।

बाँकी रहेका गाउँपालिका र नगरपालिकामा चाँडै उम्मेदवार टुङ्गो लगाउने नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए। उनले भने चुनाव सरेका कारण पनि उम्मेदवार टुङ्गो लगाउन हतार नगरिएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell