PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

यी हुन् विश्वका चर्चित सय खेलाडी, रोनाल्डो एक नम्वरमा, क्रिकेटबाट ४ खेलाडी मात्र



पहिलोपोस्ट

यी हुन् विश्वका चर्चित सय खेलाडी, रोनाल्डो एक नम्वरमा, क्रिकेटबाट ४ खेलाडी मात्र

रियल मड्रिडबाट व्यावसायीक फुटबल खेल्ने पोर्चुगिज खेलाडी विश्वकै सबैभन्दा चर्चित खेलाडी चुनिएका छन्।

ब्रोडकास्टर कम्पनी इएसपिएनले जारी गरेको 'हन्ड्रेड फ्यामस एथ्लेट'को सूचीमा रोनाल्डोले बास्केटबल स्टार लेब्रोन जेम्स र फुटबलकै लियोनल मेसीलाई पछि पारेका हुन्।

जेम्स दोस्रो तथा बार्सिलोनाका अर्जेन्टाइन सुपरस्टार मेसी तेस्रो स्थान छन्।

सय चर्चित खेलाडीको सूचीमा फुटबलका खेलाडीको वर्चस्व रहदा क्रिकेटबाट ४ खेलाडी मात्र अटाएका छन्। फुटलबाट ३८ खेलाडी उक्त सूचीमा परेका छन्।

यस्तै शीर्ष दशमा परेका अन्य खेलाडीमा रोजर फेडेरर (टेनिस) फिल मिकेलसन (गल्फ) नेमार (फुटबल) उसेन बोल्ट (एथ्लेटिक्स) केभिन डुरान्ट (बास्केटबल) राफेल नाडाल (टेनिस) र टाइगर उड्स (गल्फ) छन।

क्रिकेटबाट भारतीय टीमको कप्तान विराट कोहली १३औं स्थानमा छन् भने महेन्द्र सिंह धोनी १५औं, युवराज सिह ९०औं र सुरेश रैना ९५औं स्थानमा छन्।

कुन खेलबाट कती खेलाडी चर्चित?

फुटबल ३८

बास्केटबल १३

गल्फबाट ११

टेनिस १०

अमेरिकन फुटबल ८

क्रिकेट ४

अटो रेसिङ ४

युएफसी ३

जिम्नास्टिक २

बक्सिङ २

स्वीमिङ २

टेबलटेनिस १

एथ्लेटिक्स १

ब्याडमिन्टन १

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell