PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

महानगरका मेयर विद्यासुन्दरले लिए सपथ



पहिलोपोस्ट

महानगरका मेयर विद्यासुन्दरले लिए सपथ

काठमाडौं : काठमाडौं महानगरका नव निर्वाचित प्रमुख, उप प्रमुख, वडा अध्यक्ष तथा सदस्यले आज सपथ ग्रहण गरेका छन्।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यलाई सपथ ग्रहण गराएपछि बाँकी सबै निर्वाचित पदाधिकारीलाई मेयर शाक्यले सपथ ग्रहण गराएका हुन्।  प्रमुख निर्वाचन अधिकृत अधिकारीले बिजयी सबैलाई प्रमाणपत्रसमेत वितरण गरेका थिए। 

काठमाडौं महानगरपालिकाको मतगणना भएको स्थल राष्ट्रिय सभागृहमा सपथ ग्रहण कार्यक्रम राखिएको थियो। 

प्रमुख, उप प्रमुख, वडा अध्यक्ष तथा सदस्यले आज जेडिए कम्प्लेक्स  बागदरबारको छैटौं तलामा पदवहाली गर्दैछन्। पद बहालीपछि महानगरपालिकाको पहिलो बोर्ड बैठक बस्नेछ। त्यसपछि सबै वडाका प्रतिनिधि आ-आफ्नो वडामा पदबहालीका लागि जाने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell