PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

दोस्रो चरणलाई बन्दै वातावरण, राजपाले फिर्ता लियो बन्द 



पहिलोपोस्ट

दोस्रो चरणलाई बन्दै वातावरण, राजपाले फिर्ता लियो बन्द 
पार्टी एकीकरणको फाइल फोटो

काठमाडौं : दुई पटक मिति सारिएको स्थानीय तहको निर्वाचन होला या नहोला भन्ने संशयकै बीच राष्ट्रिय जनता पार्टी (राजपा)ले पूर्व घोषित बन्द फिर्ता लिएको छ।

संविधान संशोधनलाई एकमात्र शर्त बनाइरहेको मधेश केन्द्रित दलले दोस्रो चरणको निर्वाचन विथोल्नेगरी आन्दोलन र बन्दसम्मको घोषणा गरेको थियो। मधेश मुद्दामा केन्द्रित रहेर राजनीतिमा उत्रिएको राजपालाई मनाउन सरकारले पूर्व निर्धारित चुनावको मितिसमेत सारेको थियो। 

बिजुली बजार स्थित पूर्व तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले बन्द हड्तालका कार्यक्रम फिर्ता लिएको हो। 

बन्द हड्तालका कार्यक्रम फिर्ता लिए पनि राजपाले घेराउ, अन्तर्क्रिया, बहस र जनजागरका कार्यक्रम भने जारी राखेको छ।
 
'हामीले बन्द हड्तालका कार्यक्रम फिर्ता लिएका हौं, सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छैनौ,' राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले भने, 'अहिले पनि म सिराहाको सभालाई सम्बोधन गर्न जाँदैछु।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell