PahiloPost

Jun 24, 2025 | १० असार २०८२

'मैले देखेको दरबार' मा आधारित फिल्म 'दीपेन्द्र सरकार' बन्ने



पहिलोपोस्ट

'मैले देखेको दरबार' मा आधारित फिल्म 'दीपेन्द्र सरकार' बन्ने

काठमाठौं : पूर्व सैनिक रथी विवेक कुमार शाहद्वारा लिखित राजदरबारसँग सम्बन्धित चर्चित पुस्तक 'मैले देखेको दरबार' माथि आशुसेन फिल्मसले 'दीपेन्द्र सरकार' फिल्म निर्माण गर्ने भएको छ।

निर्माण युनिटले बुधबार दरबारमार्गस्थित याक एण्ड यती होटेलमा पत्रकार सम्मेलन उक्त फिल्म निर्माण गर्ने घोषणा गरेको हो।

यस्तै उक्त फिल्ममा महाराजधिराज दीपेन्द्र शाहको भुमिकामा अभिनेता प्रदीप खड्का देखिने भएका छन्। सोही कार्यक्रममा उनलाई दीपेन्द्र सरकारको भूमिकामा प्रस्तुत गरिएको थियो।

२०७५ जेठ १९ गते रिलिज मिति तोकिएको उक्त चलचित्रको लागि छ महिनादेखि तयारी गरेको निर्माता सन्तोष सेनले बताए। 'मैले यसअघि प्रेमगीत र चखे शंखे र पंखे निर्माण गरिसकेँ केही दिनपछि नै प्रेमगीत-२ रिलिज हुँदैछ। अब के गर्ने त भनेर सोच्दै गर्दा मैले यो फिल्म बनाउने योजना बनाएको हुँ। मेरो लागि यो ड्रिम प्रोजेक्ट हो।'

चलचित्रका निर्माता सन्तोष सेनका अनुसार फिल्ममा पुस्तकभित्र समावेश प्रेम कहानी सम्बन्धी विषय समावेश गरिनेछ। उनी भन्छन्, 'हामी पुस्तकमा उल्लेख गरेको दीपेन्द्र प्रेम कथालार्इ मात्र चलचित्रमा समावेश गर्दैछौं।'
 

उनले चलचित्रको छायाकंन नेपाल, बेलायत, अमेरिका  लगाएतका देशमा हुने र भव्य सेट तयार पारेर सुटिङ गरिने उनले बताए।

फिल्मको निर्देशक र अन्य कलाकार लगायत प्राविधिक युनिट केही समयपछि नै घोषणा गरिने फिल्म युनिटले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell