
काठमाडौं : दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने भएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा असार ८ गतेदेखि संचालन गर्ने निर्णय गरेको थियो।
दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेबाट असार १४ गते सारिएको कारण राष्ट्रिय परीक्षा बोर्डले पनि कक्षा ११ को परीक्षा फेरि असार १ नै गराउने निर्णय गरेको छ।
दोस्रो चरणको निर्वाचन मिति सरेका कारण राष्ट्रिय परीक्षा बोर्डले पनि दुई पटक कक्षा ११ को परिक्षा मिति सारिसकेको थियो। बोर्डले परीक्षाको मिति फेरेको यो तेस्रो पटक हो।
यस वर्ष कक्षा ११ को परीक्षामा लगभग साढे ४ चार लाख विद्यार्थी सहभागी हुँदैछन्।
परीक्षा तालिका