PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

काबुलमा रहेका एक नेपालीलाई एयर एम्बुलेन्सबाट काठमाडौं ल्याइयो*



उमेश पौडेल

काबुलमा रहेका एक नेपालीलाई एयर एम्बुलेन्सबाट काठमाडौं ल्याइयो*

काठमाडौं : काबुलमा रहेका एक नेपालीलाई एयर एम्बुलेन्सबाट काठमाडौं ल्याइएको छ। काबुलमा आत्मघाती बम विस्फोट भएकै दिन ल्याइएका डम्बर बहादुर गुरुङलाई ग्र्यान्डी अस्पतालमा उपचारका लागि राखिएको हो। नागरिक उड्ययन प्राधिकरण स्रोतले उपचारका लागि ल्याइएका गुरुङलाई विस्फोटमा परेर घाइते भएका व्यक्ति भन्दै दिएको सूचना झुटो ठहरिएको छ। एयर एम्बुलेन्सबाट गुरुङ ल्याइनु र बिस्फोट हुनु दुवै घटनाको संयोगमात्र रहेको पुष्टि भएकाले भूल सुधार गर्दै सच्याइएको छ। 

आत्मघाती विस्फोटमा ५ नेपाली घाइते

परराष्ट्र मन्त्रालयले अफगानिस्तानको काबुलमा भएको आत्मघाती विस्फोटमा परी ५ नेपाली घाइते भएको जनाएको छ। पाकिस्तानमा रहेको नेपाली राजदूतावासले उनीहरुको अवस्थाबारे जानकारी उपलब्ध गराएको परराष्ट्रले विज्ञप्ति मार्फत् जनाएको छ।

घाइतेहरुसँग सम्पर्क भइसकेको र उनीहरुको उपचार जारी रहेको मन्त्रालयले जनाएको छ। 


प्राधिकरणका कर्मचारीले विस्फोटका घाइते ठानेपछि...
बम विस्फोटनमा परी पाँचदेखि ६ जना नेपाली घाइते भएको हुनसक्ने मीरा रेसक्यु सर्भिसका मेडिकल डाइरेक्टर प्रदीप बेरीले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई जानकारी गराए। सँगै विरामी ल्याएको विमान त्रिभुवन विमानस्थलमा अवतरणका लागि स्वीकृति मागेका थिए।

आज दिउँसो १२ बजे काबुलबाट उपचारका लागि काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटल ल्याइएको हो। काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्याम्प अल्भाराडो मेडिकल सेन्टरबाट काठमाडौं रिफर गरिएको थियो।

एयर एम्बुलेन्सका लागि दिल्लीस्थित मिरा रेस्क्युले नागरिक उड्ययन प्राधिकरणसँग फ्लाइट पर्मिसन मागेको थियो। लगत्तै प्राधिकरणले उसलाई अवतरणको अनुमति दियो। 

बुधवार बिहान अफगानिस्तानको काबुलस्थित कूटनीतिक नियोगको कार्यालय रहने क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा ८० भन्दा धेरै जनाको मृत्यु भएको थियो।
(*सच्याइएको)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell