PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

वीरगञ्ज र विराटनगर फेरि महानगर



पहिलोपोस्ट

वीरगञ्ज र विराटनगर फेरि महानगर

काठमाडौं : सरकारले प्रदेश नम्बर एकको ठूलो शहर विराटनगर र दुईको वीरगञ्जलाई महानगर घोषणा गरेको छ।

'दुई उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नती गर्ने निर्णय मन्त्रिपरिषद बैठकबाट भएको हो,' संघीय मामिला तथा स्थानीय विकास सचिव दिनेश थपलियाले पहिलोपोस्टसँग भने, 'केही वेरमै सार्वजनिक गर्दैछौं।'

सरकारले यसअघि वीरगञ्ज र विराटनगरलाई महानगर घोषणा गर्ने निर्णय भए पनि निर्वाचन आचार संहितालाई उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो। सर्वोच्च अदालतले थपिएका २२ स्थानीय तहसँगै महानगरपालिका र नगरपालिका घोषणालाई तत्काल कार्यान्वयनमा नल्याउन अन्तरिम आदेश जारी गरेपछि सरकारको प्रयासमा रिभर्स गियर लागेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell