PahiloPost

Jun 15, 2025 | १ असार २०८२

काबुल आत्मघाती आक्रमण मृतकको संख्या ८० पुग्यो



पहिलोपोस्ट

काबुल आत्मघाती आक्रमण मृतकको संख्या ८० पुग्यो

काबुल: अफगानिस्तानको राजधानी काबुलमा राजदूतावास, महत्वपूर्ण सरकारी कार्यालय र कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थान लक्षित बुधबार गरिएको एक भीषण आत्मघाती ट्रकबम विस्फोटमा परी कम्तीमा ८० जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ ।

स्थानीय समय अनुसार ८ः३० बजे बुधबार बिहान जान्बाक स्क्वायरस्थित भएको यस आक्रमणमा परी महिला र बालबालिकासहित सयौं सर्वसाधारण घाइते भएका छन्।

भारत, जर्मनी, अमेरिका र क्यानाडालगायतको दूतावास अवस्थित रहेको बजीर अक्बार खान इलाकमा भएको आक्रमणमा परी कम्तीमा ८० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५० भन्दा बढी घाइते भएका छन्।

विस्फोट गराइएको यस इलाकामा धुँवाको मुस्लो र शवको थुप्रो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। बिहानको व्यस्त समयमा आत्मघाती आक्रमण भएको थियो।

विस्फोटको कुनै पनि समूहले जिम्मेवारी भने लिएका छैनन् र तत्काल विस्फोट के कति कारणले गराइएको हो सो पनि प्रष्ट भएको छैन्।

आफगान स्वास्थ्य मन्त्रालयले काबूलका बासिन्दालाई घाइतेको उपचारको लागि रक्तदानको आह्वान गरेको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell