PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

नेविससंघका पूर्व महामन्त्री भुर्तेलको निधन



पहिलोपोस्ट

नेविससंघका पूर्व महामन्त्री भुर्तेलको निधन

काठमाडौँ: नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री शिव भुर्तेलको निधन भएको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो।

अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहेका भुर्तेलको बुधबार राति पौने ९ बजे निधन भएको नेविससंघ अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

भुर्तेलको निधनले नेपाल विद्यार्थी संघ, नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको महरले बताए। रासस

तस्विर : रमेश पोखरेलको फेसबुकबाट

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell