
काठमाठौं : फिल्म लाल्टिनको नयाँ गीत ह्विस्की भिडियो सहित सार्वजनिक भएको छ। बुधबार युट्युवमार्फत फिल्म युनिटले उक्त गीत सार्वजनिक गरेको हो।
गीतमा विनोद ढका, सोमिया बराइँली र किरण माइकलले स्वर दिएका छन् भने सगीत विनोद र किरणसँगै धिरज पौडेलले दिएका छन्।
देव कुमार श्रेष्ठले निर्देशन गरेको यस फिल्ममा निर्जन थापा र राज कटुवालले डेब्यु गर्दैछन्।
फिल्ममा दयाहाङ राई, प्रियका कार्की, केकी अधिकारी, अर्जुन जंग शाही, मेलिना मानन्धर लगायतको अभिनय रहेको छ। फिल्म जेठ गते रिलिज हुनेछ।