PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

विरामीको मृत्युपछि चितवन मेडिकल कलेजको आइसियु कक्षमा तोडफोड



पहिलोपोस्ट

विरामीको मृत्युपछि चितवन मेडिकल कलेजको आइसियु कक्षमा तोडफोड

चितवन: चितवन मेडिकल कलेजको आइसियु कक्षमा तोडफोड गरिएको छ। आइसियुमा उपचाररत एक विरामीको मृत्यु भएपछि आफन्तले आइसियु कक्ष तोडफोड गरेका हुन्। तोडफोडका क्रममा एक जना घाइते भएका छन्। सिसा फुटाउने क्रममा उनी घाइते भएका हुन्। 

दुर्घटनामा परी उपचारका लागि गत शुक्रवार अस्पताल पु¥याइएका १८ वर्षका रोहन लामाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। बिरामीका आफन्तले भने अस्पतालको लापरबाहीका कारण मृत्यु भएको जिकीर गरेका छन्। केही दिनअघि सम्म बोलचाल गर्ने बिरामी एक्कासी मृत घोषणा गरिएको उनीहरुको आरोप छ। 

आइसियुमा दक्ष चिकित्सक नराखेका कारण आफन्त ज्यान गएको पीडित पक्षको भनाई छ। तोडफोडमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell