PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

आइपीएल शैलीमा दक्षिण अफ्रिकामा टी २० ग्लोबल लिग हुने



पहिलोपोस्ट

आइपीएल शैलीमा दक्षिण अफ्रिकामा टी २० ग्लोबल लिग हुने

दक्षिण अफ्रिकामा पनि अब आइपीएल जस्तै टी २० क्रिकेट हुने भएको छ। यसअघि नै प्रतियोगिता गर्ने घोषणा भएपनि लिगको नाम र लोगो भने क्रिकेट साउथ अफ्रिकाले बुधबार घोषणा गरेको छ।

जसअनुसार प्रतियोगिताको नाम टी २० ग्लोबल लिग हुनेछ। साथै लोगो पनि सार्वजनिक भएको छ।

लिगमा ८ वटा शहरको फ्रान्चाइज टिमले भाग लिनेछन्। यसअघि दक्षिण अफ्रिकामा क्षेत्रिय टिम समावेश प्रतियोगिता हुँदै आएको थियो।

लिग २०१७ को अन्त्यितर हुनेछ भने फाइनल डिसेम्वर १७ मा हुने उल्लेख गरिएको छ।

लिगका लागि ८ मार्क्यु ओभरसिस प्लेअर ८ साउथ अफ्रिकन मार्क्यु प्लेअर यसअघि नै घोषणा भइसकेको छ।

ओभरसिज प्लेअरमा वेष्टइन्डिजका ड्वाने ब्राभो, क्रिस गेल र काएरन पोलार्ड छन् भने श्रीलकाबाट लाथिस मालिगा, न्यूजिल्याण्डबाट ब्रेण्डन म्याकुलम तथा इग्लयाण्डबाट इयान मोर्गन, केभिन पटरसन र ज्यासन रोए छन्।

यस्तै साउथ अफ्रिकन मार्क्यु प्लेअरमा हसिम अमला, क्न्टन डे कक, ए बी डे भिलियर्स, फाप डु प्लेसिस, जे पी डुमिनी, डेविड मिलर, खागिसो रबाडा र इमरान ताहिर छन्।

एक दशक अघि ऐरतमा आइपीएल सुरु भएपछि अहिले अष्ट्रेलियामा बिग ब्यास लिग, बगलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल र वेष्ट इन्डिजमा क्यारेबिएन प्रिमियर लिग आयोजना हुँदै आएको छ। इंगल्याण्डमा पनि नयाँ टी २० लिग गर्ने बारे तयारी भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell