PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

भरतपुरको मतगणना सुरु गर्न एमालेको धर्ना



पहिलोपोस्ट

भरतपुरको मतगणना सुरु गर्न एमालेको धर्ना

चितवन: भरतपुर महानगरको स्थगित मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनले तेस्रो दिन पनि मतगणनास्थल नजिकैको अस्पताल चोकमा धर्ना तथा सभा गरेको छ।

आजको धर्नामा एमालेका सचिव प्रदीप ज्ञवाली र युवा संघका अध्यक्ष राजीव पहारी समेत सहभागी छन्।

धर्नालाई सम्वोधन गर्दै सचिव ज्ञवालीले रोकिएको मतगणना तत्काल सुरु नगरी मतदान गर्ने दिशातिर गए निर्वाचन आयोगले यसपछिका कुनै पनि निर्वाचन सम्पन्न गर्न नसक्ने चेतावनी दिए। उनले निर्वाचन आयोग र निर्वाचन अधिकारीलाई षड\यन्त्रको मतियार नबन्न चेतावनी समेत दिएका छन्।

युवा संघका अध्यक्ष राजीव पहारीले तत्काल मतगणना सुरु नगरिए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिए।

जेठ १४ गते राति मतगणना भइरहेको समयमा नेकपा माओवादीका कार्यकर्ताहरुले मतपत्र च्यातेपछि भरतपुरको मतगणना स्थगित छ। निर्वाचन आयोगले जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई च्यातिएका मतपत्रको अवस्थाबारे प्रतिवेदन वुझाउन निर्देशन दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell