PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुईजना पकाउ



रासस

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुईजना पकाउ

भोजपुरः निर्वाचन विरोधी गतिविधि गरेको भन्दै भोजपुरमा दुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ।

प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पार्टीका सगरमाथा ब्यूरो सदस्य जीवन राई र गाउँ पार्टी सदस्य मानबहादुर राई छन्।

उनीहरुले पौवादुङ्मा गाउँपालिका–४ को वडा कार्यालयमा संयुक्त क्रान्तिकारी जनपरिषद्को नाममा भित्तलेखन गरेपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell