PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

महाशिला गाउँ कार्यपालिकामा एमाले निर्विरोध



रासस

महाशिला गाउँ कार्यपालिकामा एमाले निर्विरोध

पर्वतः पर्वतको महाशिला गाउँपालिकामा गाउँ कार्यपालिका गठन भएको छ। 

निर्वाचन प्रक्रियामा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो।

दुई दलित र अल्पसङ्ख्यक तथा चारजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट विष्णुराम विक र सोमबहादुर विक छन्। त्यसैगरी, महिला सदस्यमा धनसुवा विक, गीता नेपाली, सपना नेपाली र दीपा राना छन्। 

उनीहरुलाई गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले पदभार ग्रहण गराएका थिए।

गाउँपालिकाका सातवटा वडामध्ये ६ वटा वडामा एमाले र एउटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो। 

चौध जनाको गाउँ कार्यपालिकामा एक सदस्य नेपाली कांग्रेसका रहेका छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell