PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

मध्यस्तकर्ता विलिङद्वारा नेदरल्याण्डमा सरकार गठनका लागि छलफल सुरु



रासस

मध्यस्तकर्ता विलिङद्वारा नेदरल्याण्डमा सरकार गठनका लागि छलफल सुरु
फोटो श्रोतःdutchnews.nl

नेदरल्याण्डः नेदरल्याण्डमा नयाँ गठबन्धन सरकार गठनका लागि नयाँ मध्यस्तकर्ता हेरमन जिङ्क विलिङ्कले पाँच पार्टीसँग छलफल सुरु गर्न लागेको बताएका छन्।

द हेगमा आयोजित पत्रकार सम्मेलनमा हेरमनले सकारात्मक परिणामको अपेक्षासहित उनीहरूसँग छलफल सुरु गर्न लागेको जानकारी दिए। 

विलिङ्कले राइटिस्ट लिबरलस् भीभीडी, क्रिश्चियन डेमोक्रेट सीडीए, अर्को सानो क्रिश्चियन पार्टी क्रिश्चिन युनि, ग्रिन लिङ्कस् र लिबरलस् डी ६६ का नेताहरूसँग भेट्ने तयारी गरेको बताए। 

यसअघिका मध्यस्थकर्ता इडिथ स्चीपर्सले उनीहरूसँग छलफल गरेर आफ्नो पक्षमा बहुमत जुटाउन नसकेपछि विलिङ्कले छलफल गर्न लागेका हुन्। 

गत सोमबार स्चीपर्सले आफ्नो पक्षमा बहुमत जुटाउन आफू असफल भएको भन्दै आफ्नो जिम्मेबारबाट पछाडि हटेका थिए। 

पूर्वमजदुर राजनीतिक नेता ७५ वर्षीय विलिङ्क अनुभवी नेता भएकाले उनले बहुमत जुटाउन सक्ने अपेक्षासहित उनलाई नयाँ मध्यस्तकर्ताको रूपमा अगाडि सारिएको बताइएको छ। 

नेदरल्याण्डमा भीभीडी पार्टीका नेता मार्क रुट्टे प्रधानमन्त्रीबाट बाहिरिएपछि नयाँ सरकार गठन हुन सकेको छैन। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell