PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

भरतपुर महानगरमा च्यातिएका मतपत्रको गन्ती सुरु



पहिलोपोस्ट

भरतपुर महानगरमा च्यातिएका मतपत्रको गन्ती सुरु
मतपत्र च्यातिएपछिको अवस्था। फाइल फोटो

चितवन : निर्वाचन आयोगको निर्देशन अनुसार भारतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृतको टीमले च्यातिएका मतपत्र फुकाएका छन्। च्यातिएका मतपत्र के कति संख्यामा छन् पत्ता लगाउन आयोगले निर्देशन दिएको थियो।  

भरतपुर महानगरपालिकाको मतगणना सुचारु गर्ने कि मतपत्र च्यातिएको वडा नं १९ मा पुन: मतदान गर्ने भन्ने विवादमा निर्णयमा पुग्न नसकेपछि आयोगले च्यातिएका मतपत्र कति छन् पहिचा गर्न हिजो निर्देशन दिएको थियो।

च्यातिएको मतपत्र गन्ती गर्दा पत्रकारहरुलाई भने प्रवेशमा रोक लगाइएको छ।

आयोगले मत गणना जारी या पुनर्निर्वाचन गर्ने भन्ने निर्णयमा पुग्नु अघि च्यातिएको मतपत्रको संख्या माग्दै बीचको बाटो राजेको हो।
यसै विषयलाई लिएर निर्वाचन आयोगको करिब दिनभर बैठक बसेको थियो। 

निर्वाचन आयोगले भरतपुरका प्रमुख निर्वाचन अधिकृत र केन्द्रबाट पठाएको छानविन समितिको प्रतिवेदन दुवैमा केही मत पत्र च्यातिएको भन्ने मात्र उल्लेख रहेको जनाएको छ। 

निर्वाचन आयोगले भरतपुरको गणनामा सहभागी रहेका राजनीतिक दल, उम्मेदवार तथा प्रमुख जिल्ला अधिकारीसहितको रोहबरमा मतगणना स्थलको सिल खोलेर क्षति भएको मतको विवरण पठाउन निर्देशन दिएको हो। 

'के कति संख्यामा मतपत्र च्यातिएको भन्ने यकिन उल्लेख नभएको र गणना भएका तथा गणनाको क्रममा रहेका मतपत्रहरु जहाँ जे जस्तो अवस्थामा थिए सोही अवस्थामा नै एकै पोको पारी शिलबन्दी गरी राखिएको भन्ने उल्लेख भई आएको देखिँदा उक्त शिलबन्दी पोको पर्याप्त सुरक्षा व्यवस्था सहित सम्भव भएसम्म भरतपुर महानगरपालिकामा प्रमुख, उपप्रमुख र सम्बन्धित वडामा उम्मेदवारी दिएका उम्मेदवार वा निजका एक एक जना प्रतिनिधि, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतको रोहवरमा खोली गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका चितवनलाई लेखी पठाउने निर्वाचन आयोगको निर्देशनमा भनिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell