PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

पिएम कप क्रिकेट : पश्चिमाञ्चल सेमिफाइनलमा



पहिलोपोस्ट

काठमाडौं : बलरहरुले शानदार प्रदर्शन गरेपछि मध्य पश्चिमाञ्चललाई ९ विकेटले पराजित गर्दै पश्चिमाञ्चल पिएम कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

६३ रनको सामान्य लक्ष्य पश्चिमाञ्चलले ११.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। पश्चिमाञ्चलको जितमा शौरभ खनालले ८ बलमा २ चौका र ई छक्काको मद्दतमा २० रनको योगदान गरे। यस्तै अनिल गुरुङ २३ र नुरध्वज सेन १९ रनमा नटआउट रहे।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा बिपिन खत्री र लाल अधिकारीले ४-४ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको मध्यपश्चिम २३ ओभरमा ६२ रनमै अलआउट भयो।

७ ओभर बलिङ गरेका बिपिनले २ मेडन राख्दै ९ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै ५ ओभर बलिङ गरेका लालले १ मेढन राख्दै २५ रन खर्चेर ५ विकेट लिए। कृष्ण कार्कीले ७ ओभर बलिङ गर्दै २ मेडन राखेर २ १रन दिदै २ विकेट झारे।

मध्यपश्चिमका लागि कप्तान सुबेन्दु पाण्डे, राजविर सिह र अमर सिंह राउटेलाले समान १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। मध्यपश्चिमका ६ खेलाडीले खाता समेत खोल्न सकेनन्।

बिहिबार भएको खेलमा जित हात पारेपछि पश्चिमाञ्चल समूह ए बाट ४ अंक जोड्दै सेमिफाइनल पुगेको हो।

पहिलो खेलमा एपीएफसँग हारेको पश्चिमाञ्चलले त्यसयता लगातार दुई जित निकाल्दै अन्तिमा चारमा स्थान बनाएको हो। यता वर्षाका कारण पहिलो खेलमा मध्यमाञ्चलसँग अंक बाँडेको मध्य पश्चिमको यस हारसँगषै सेमिफाइनल पुग्ने सम्भावना कठिन भएको छ।

मध्यपश्चिम र मध्यमाञ्चल दुवै टिमको समान १ अंक छ र दुवैले उपाधिको दानबेदार एपीएफसँग खेल्न बाँकी छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell