PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुन्न राष्ट्रपतिको पत्र



पहिलोपोस्ट

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुन्न राष्ट्रपतिको पत्र

काठमाडौं : सहमतीय सरकार गठनको लागि दिएको समय नाघेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयनको प्रकृया अघि बढाउन आह्वान गरेकी छिन्। 

राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा  प्रधानमन्त्री निर्वाचन गर्न आह्वान गरेकी हुन्। 

यसअघि नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न उनले आह्वान गरेकी थिइन्। तर दलहरुबीच कुनै सहमति भने हुन सकेन। 

सहमतीय प्रक्रियाका लागि सात दिन तोकिए पनि बहुमतीय प्रक्रियाका लागि निश्चित समयावधि तोकिएको छैन।

बहुमतीय प्रक्रिया सुरु भई सदनमा कुनै पनि अवरोध नभएमा छिटोमा तीन दिनमा प्रधानमन्त्रीको निर्वाचन हुन सक्नेछ। उम्मेदवारी आह्वान, दावी विरोध र नामावली प्रकाशन तथा उम्मेदवार गरी तीन दिनमा प्रधानमन्त्री चयन गर्न सक्ने पूर्व अभ्यास रहेको छ।

तर प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरोध गरिरहेका कारण राष्ट्रपतिको पत्र संसदमा प्रस्तुत हुन सकेको छैन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell