PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

साउन अन्तिमसम्ममा तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने 



रासस

साउन अन्तिमसम्ममा तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने 

काठमाडौंः आगामी साउनको अन्त्यसम्ममा तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने भएको छ।

स्थानीय पूर्वाधार विकास तथा तथा कृषि सडक विभागले सबै तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको बताएको छ। 

विभागका महानिर्देशक रामकृष्ण सापकोटाले आगामी साउनको अन्तिमसम्ममा निर्माणाधीन सबै झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भइसक्ने जानकारी दिए। 

स्थानीय पूर्वाधार विकास तथा तथा कृषि सडक विभागले प्रतिस्थापनाअन्तर्गत १७१ मध्ये विभिन्न जिल्लामा २४ झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी अन्तिम चरणमा पुगेका जनाएको छ।  

निर्माण सम्पन्न भएका झोलुङ्गे पुलहरुमा ललितपुरको सुवानीबेँसी, गोरखाको जलविरे, सुर्खेतको छोटेचिप्ले, रैकार, डाबखोला, रिग्ने, जाजरकोटको घेत्मा पिपरचौर, दैलेखको दहीखोला, दार्जुलाको जलजीवी, चितवनको सिमताल र मकावानपुरको सुँगुरे रहेका छन्। 

त्यसैगरी, रोल्पाको चुनवाङखोला, रुकुमको जिपुजिउला, खालिवाग, किमुबोट, पुक्चिवाङ, पेदीखोला, कालीकोटको खुलालु, कञ्चनपुरको पथरिया, नवलपरासीको जलदेवीघाट, धादिङको बिहानी पेट्रोल पम्प, दार्जुला तिगरम, खोटाङको बादेलबेँसीमा पनि झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भइसेकेका छन्। 

महानिर्देशक सापकोटाका अनुसार हाल भोजपुर जिगेपाथर, खोटाङ सावाखोला, उदयपुरको बास्वोटे, तावा खोला, धादिङको भुतियाघाट, मलिगा खोला दोभान, धुषा गाविस भवन चरौदी, नुवाकोटको जिलिङ, ललितपुरको अश्राङ, कटुनबेँसी, छाँगाटार, गिम्दी, हुँचीबेंसी, मकवानपुरको सामरी खोला, च्युरी बगैँचा, सिमलदार, गणेशगाउँ, देउजर, फार्सालगायतका स्थानमा झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेका छन्। 

नयाँ निर्माण भएका झोलुङ्गे पुलको नियमित हेरचाह तथा पुराना पुलको मर्मतमासमेत विभागले आफ्ना प्राविधिक कार्यालयअन्तर्गत व्यवस्था मिलाएको जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell