PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

टर्कीमा सैनिक हेलिकप्टर दुर्घटना, १३ जनाको मृत्यु



रासस

टर्कीमा सैनिक हेलिकप्टर दुर्घटना, १३ जनाको मृत्यु
फोटो श्रोतःexpress.co.uk

अङ्काराः टर्कीको सिनाक प्रदेशमा टर्की सेनाको हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको छ।

सिनाक प्रदेशको सेनोबाबाट १३ जना सैनिकलाई लिएर उडेको हेलिकोप्टर दुर्घटनामा परेको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ। 

स्थानीय समय अनुसार बुधबार राती उडेको हेलिकप्टर केही समयमै ‘हाइभोल्टेज’का कारण दुर्घटना भएको थियो।

टर्कीका रक्षामन्त्री फिक्रि इसिक दुर्घटनाका बारेमा बुझ्न घटनास्थलमा पुगेका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell